काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३६ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३५ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

















