IME Life New

निर्जीवन बीमकको लगानी पौने ६५ अर्ब माथि, बैंकको मुद्दति निक्षेपको हिस्सा ७३%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म पौन ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्। जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ४७ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन्। यो हिसाबले निर्जीवन बीमकको कुल लगानी ७३.१९ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ।

Esewa
Crest

असोज मसान्तसम्म र्निजीवन बीमकहरुले क वर्गका बैंकहरुमा ४१ अर्ब ५६ करोड रुपैयाँ, ख वर्गका बैंकमा ४ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।

यसैगरी बीमकहरुले सरकारी बचतपत्र तथा ऋणपत्रमा ८२ करोड २६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ५ अर्ब १६ करोड २ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ७७ करोड ७ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १४ करोड २१ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २९ करोड ५२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ८५ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन कम्पनीको कति लगानी

  • सिद्धार्थ प्रिमियरः ७ अर्ब ६० करोड ३ लाख रुपैयाँ
  • सगरमाथा लुम्बिनीः ७ अर्ब १५ करोड २१ लाख रुपैयाँ
  • नेकोः ६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ
  • राष्ट्रिय बीमा कम्पनीः ५ अर्ब ७० करोड ७६ लाख रुपैयाँ
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः ५ अर्ब ६ करोड ३१ लाख रुपैयाँ
  • शिखर इन्स्योरेन्सः ४ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ४ अर्ब ८० करोड ४६ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्स कम्पनीः ४ अर्ब ७० करोड १५ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ३ अर्ब ८८ करोड १९ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ३ अर्ब ७४ करोड १२ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः ३ अर्ब २६ करोड ३२ लाख रुपैयाँ
  • ओरिएन्टल इन्स्योरेन्सः ३ अर्ब १३ करोड रुपैयाँ
  • नेसनल इन्स्योरेन्सः २ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ
  • प्रभु इन्स्योरेन्सः २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS