IME Life New

गीता जयन्ती कार्यक्रम गीतामाताको आराधना गरी सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गीता जयन्ती कार्यक्रम गीतामाताको आराधना गरी मनाइएको छ । उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको प्रमुख आतिथ्तामा एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, पशुपतिनाथका मूल पुजारी नारायण भट्ट, वेंकटेश मंदिरका मठाधीश पद्मधराचार्यको विशिष्ट आतिथ्तामा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीता परिवार नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौं, गीताप्रेस पुस्तक बिक्री केन्द्र बुटवलको व्यवस्थापनमा सम्पन्न भएको हो ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दैै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराए । उनले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचार प्रसार र बिक्री वितरण गर्न कार्य भगवान् श्रीपशुपतिनाथको पावन क्षेत्रको परिसरमा रहेर होस भनी गीताप्रेस गोरखपुरको चाहना रहेको हुँदा गीताप्रेस पशुपतिनाथ मन्दिर क्षेत्रमा सदैव रहिरहने व्यवस्थाको लागि पशुपति क्षेत्र विकास कोषको सहयोग अपरिहार्य रहेको हुँदा पूर्ण अपेक्षा राखे ।

Crest

उनले गीताप्रेस नेपालको स्थापना पछि हाल सम्म ८० को हाराहारीमा पुस्तकहरु नेपाली भाषामा अनुवादित भएको सन् २०२६ कल्याण शताब्दी वर्षसम्म १०० भन्दा बढी पुस्तकहरुलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्य रहेको जानकारी गराए ।

कार्यक्रममा पुशपतिनाथका भट्ट गिरीश रावल भट्ट आशिर्वाद प्रदान गरेका थिए । यसै गरी विशिष्ट अतिथिहरु पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टण्डन, वेंकटेश मंदिरका मठाधीश पद्मधराचार्य, प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीले मन्तव्य दिएका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट उपाध्यक्ष भरत कुमार तोदीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं महासचिव अञ्जनी नन्दन मारुले गरेकी थिइन् । कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्धप्रतिष्ठित महानुभावहरु, विद्वतवर्गको उल्लेख्य उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS