काठमाडौं । शेयर बजार मंगलबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा झरेको हो।
यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। आज व्यापार समूह ०.७५ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ०.६२ प्रतिशतले घटेको छ।
बजारमा आज १२५ कम्पनीको शेयरभाउ बढेको छ भने ११९ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः ३१ करोड ८१ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः २२ करोड ९४ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १६ करोड १६ लाख रुपैयाँ
- ग्रीन भेन्चर्सः ११ करोड ११ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १० करोड ६९ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड ६९ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ८ करोड ९० लाख रुपैयाँ
- बुंगल हाइड्रोः ८ करोड ४८ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ४१ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः ८ करोड १० लाख रुपैयाँ

















