IME Life New

व्यावसायिक र व्यक्ति क्यूआर स्क्यान गर्दाका फाइदा/बेफाइदा के-के छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल कारोबारका लागि व्यावसायिक क्यूआर र व्यक्ति क्यूआरको प्रयोग बढ्दै गएको छ। यसले नगदरहित कारोबारलाई निकै प्रोत्साहित गरेको छ।

हाल साना पसलदेखि ठूल्ठूला उद्यम–व्यवसायमा व्यावसायिक क्यूआरको प्रयोग निकै बढेको छ। व्यक्तिगत क्यूआर भने व्यक्ति–व्यक्तिबीचको लेनदेनलाई सहज बनाउन प्रयोगमा ल्याइएको हो।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले आज वित्तीय सचेतनाका लागि चेतनामूलक सूचना जारी गर्दै व्यावसायिक र व्यक्तिगत क्यूआरका फाइदा र बेफाइदाबारे जानकारी गराएको छ।

व्यावसायिक क्यूआर स्क्यान गर्दाः

  • कुनै अतिरिक्त शुल्क लाग्दैन।
  • रकम सीधै व्यापारीको खातामा जान्छ।
  • कारोबार सुरक्षित र प्रमाणित हुन्छ।
  • कर प्रणालीमा पारदर्शिता हुन्छ।
  • राष्ट्रको विकासमा सहयोग पुर्याउँछ।
  • अनलाइन कारोबारलाई प्रोत्साहन गर्छ।

व्यक्तिगत क्यूआर स्क्यान गर्दाः

  • अतिरिक्त शुल्क लाग्छ।
  • रकम सीधै व्यक्तिगत खातामा जान्छ।
  • तपाइँको पैसा अनौपचारिक क्षेत्रमा जान सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS