IME Life New

अब महानगरमा बैंकहरुको शाखा समायोजन वा एकीकरण गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले महानगरपालिका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको शाखा समायोजन वा एकीकरण गर्न सकिने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था ल्याएको हो। विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्नसक्ने व्यवस्था मिलाइने समीक्षामा उल्लेख छ।

Esewa
Crest

अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रुपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जबाफदेहीता र सुशासन अभिवृद्धिका लागि घुस तथा भ्रष्टाचारविरोध नीतिसम्बन्धी व्यवस्था गरिने पनि समीक्षामा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS