IME Life New

लघुवित्त संस्थाले प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा दोब्बरले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा बढाएको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा बढाएको हो। अब लघुवित्त वित्तीय संस्थाले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउनेछन्।

Esewa
Crest

यसअघि लघुवित्त वित्तीय संस्थाले अधिकतम ७ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउँथे।

लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइनेछ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष (पर्सनल ओभरड्राफ्ट) कर्जाको विद्यमान सीमा रु. ५० लाखबाट वृद्धि गरी रु. १ करोड कायम गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS