IME Life New

श्रीलंकामा भिषण चक्रवातबाट ज्यान गुमाउनेको संख्या २१२ पुग्यो, अझै २१८ जना बेपत्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली मुलुक श्रीलंकामा चक्रवात डिट्वाबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । अझै २१८ जना बेपत्ता छन् ।

श्रीलंकाली अधिकारीहरूले भिषण बाढीको बहाव थेग्न नसक्दा बाँध भत्किएकाले मानवबस्तीहरू अझै जलमग्न छन् । प्रकोप व्यवस्थापन केन्द्रका अनुसार, उद्धारकर्मीहरू लगातार चाैथाे दिन पनि उद्धार कार्यमा व्यस्त छन् ।

Esewa
Crest

टापु राष्ट्रको ठूलो भागमा आएको अनपेक्षित भारी वर्षा र बाढीबाट झण्डै १० लाख मानिसहरू प्रभावित भएका छन् । झण्डै २ लाख मानिसहरूलाई १,२७५ आश्रयस्थलमा  केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गत बिहीबारदेखि देशभर रेकर्ड वर्षा भएको छ। पहाडी मध्य क्षेत्रमा धेरै पहिरो गएको छ। नदीहरूको बाढीले देशभरका सम्पूर्ण शहरहरू डुबानमा पारेको छ।

२४ हजार भन्दा बढी प्रहरी, सेना र वायुसेनाका उद्धारकर्मीहरू अझै पनि बाढीमा फँसेको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।

टापुको पूर्वी भागमा रहेको माभिल अरु जलाशयको बाँधमा पानी पसेपछि वायुसेनाले १२० भन्दा बढी मानिसहरूलाई हेलिकप्टरमा सुरक्षित स्थानमा सारेको छ। सेनाले एक विज्ञप्तिमा भनेको छ कि सुरक्षाको लागि लगभग २,००० मानिसहरूलाई उच्च स्थलमा सारिएको छ।

शहर जलमग्न भएका कारण राजधानी कोलम्बोमा बाढीको पानीले दर्जनौं परिवारहरू लगातार चारदिनदेखि आधारभूत आवश्यकबाट समेत वञ्चित भएर आफ्नो घरभित्रै फसेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS