IME Life New

बेरोजगार छोराको हर्कत, पेन्सन रकमको लागि ३ वर्षदेखि आमाको शव घरमै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बेरोजगार मान्छेले जीविकोपार्जनका लागि कुन हदसम्मको गतिविधि गर्छन् भन्ने एउटा अचम्मको उदाहरण युरोपेली मुलुक इटालीमा एउटा परिवारभित्र भएको घटनाले उजागर गरेको छ।

इटलीको बोर्गो भर्गिलियो निवासी ५६ वर्षिय एक बेरोजगार पुरूषले झण्डै तीन वर्षसम्म आफ्नी आमाको रूप धारण गरेर आमाको पेन्सन रकम उपभोग गरेको घटना प्रकाशमा आएको हो। अनुसन्धान अधिकारीहरूका अनुसार, आमाको पेन्सन कार्ड नविकरण गराउनका लागि निवेदन दिन जाँदा भर्गिलियोले बिग(नक्कली कपालको थुप्रो), महिला श्रृंगार, गहना र महिलाको आवाज निकालेको देखेपछि स्थानीयपालिकाका कर्मचारीहरूलाइ शंका लागेको थियो।

Crest

पछि कर्मचारीहरूले आमा छोराको तस्वीर भिडाउँदा फरक देखे । अनुसन्धानका क्रममा उनले आमाको शव तीन वर्षदेखि आफ्नो घरको लुगाधुने कोठामा लुकाएर राखेको फेला परेको थियो।

पेन्सन रकममा, श्रीमान् वा श्रीमतिको मात्र हक लाग्छ। आमाको निधन भएको जानकारी सार्वजनिक भएमा पेन्सन रकम नपाइने भयले उनले जीविकोपार्जनका लागि लामो समयसम्म आफ्नी आमाको मृत्युको घोषणा नै नगरेका हुन् ।

नगर प्रमुखका अनुसार, पेन्सन पट्टा नविकरणका लागि आउँदा ती मानिस झट्ट हेर्दा वृद्ध महिला झैं देखिएपनि, उनको घाँटी र हत्केलाको बनाैट अनि स्वरले शंका उब्जाएको थियो ।

अनुसन्धान अधिकारीहरूका अनुसार,आरोपितले सन् २०२२ देखि नै मृत आमाको नामबाट पेन्सन र अन्य सुविधा रकम उपभोग गरिरहेका थिए । उनी बेरोजगार नर्स हुन् । उनले यो अवधिमा पेन्सन र अन्य सम्पत्तिबाट प्राप्त आम्दानीसहित ५३ हजार युरो डलर राज्य कोषबाट ठगी गरेको आरोप लागेको छ।

द गार्जियन अखबारको अनलाइन संस्करणका अनुसार, इटालीमा मृत्युको घोषणा नगरेर मृतकको नामबाटै पेन्सन रकम उपभोग गरेको घटना यसअघि पनि भएका छन् । सन् २०२३ मा भरोना भनिने स्थानका एक पुरूषले पाँच वर्षसम्म आमाको शव घरमै राखेर पेन्सन रकम उपभोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%

खुसी

9%

दु :खी

73%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS