IME Life New

प्रभू बैङ्कका सीईओ शेरचनसहित तीनजना उच्च पदस्थ अधिकृत सीआईबीको नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीनजना उच्च पदस्थ अधिकृतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा  शेरचनसहित बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन् । आइतबार बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट सीआईबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Esewa
Crest

 

सीआईबीले विज्ञप्ती जारी गर्दै प्रचलित कानून विपरित कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको र त्यस्तो अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडाैं रकम कर्जाको दुरूपयोग गर्ने गराउने कसूरमा संलग्न रहेकाले शेरचन सहित तीनजनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

उनीहरूमाथि बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS