IME Life New

बीमाको रकमका लागि भारतमा बढ्दै योजनाबद्ध हत्याका घटना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक भारतमा बीमाको रकमका लागि योजनाबद्ध हत्याका घटना बढ्न थालेका छन्।

त्यस्ता अपराधिक घटनामा केही गिरोह नै सक्रिय छन् भने केही आफन्तबाटै घटाइएका छन्। केही समयअघि भारतको उत्तर प्रदेशमा बीमाको भारु ३९ करोड पाउन एक व्यक्ति आफ्नो परिवार नै सखाप पारे। उनले आमा–बुवासँगै श्रीमतीको हत्या गरे। तर, बीमाको रकम हत्याउन भने असफल भए।

Crest

यसैगरी आपराधिक गिरोहकै सक्रियतामा कर्नाटकमा एक युवकको नक्कली विवाह गरी भारु ५ करोडको बीमा गरियो। अनि तिनै गिरोहकै सदस्य एवं ती युवकसँग विवाह गरी महिला बीमा दाबी गर्न जाँदा यो घटनाको पोल खुलेको थियो।

भारतकै कर्नाटकमै एक महिलाले बीमाको भारु पौने ४ करोड पाउन श्रीमानको हत्या गरिन्। उता झारखण्डमा एक व्यक्तिले भारु ७५ बीमाको रकम पाउने लोभमा श्रीमतीको हत्या गरे।

पछिल्ला यी घटना त उदाहरणमात्रै हुन्। भारतमा यस्ता घटना दैनिकजसो घटिरहेका हुन्छन्। केही घटनामा आपराधिक मानसिक बोकेका व्यक्तिहरुले बीमाको पैसा हडप्न पनि सफल भएका छन्।

केही दिनअघि लखनऊस्थित चिनहाट क्षेत्रमा ठूलो बीमा भुक्तानी प्राप्त गर्न गठन गरिएको एउटा खतरनाक गिरोहको पर्दाफास भयो। यो गिरोहको मास्टरमाइन्ड कुलदीप सिंह उर्फ कुलदीप सेंगरले पूर्वनियोजित रुपमा मानिसहरुको हत्या गर्थे र त्यसपछि तिनीहरुलाई सडक दुर्घटनाका रुपमा प्रस्तुत गर्थे।

चिनहाट प्रहरीले शनिबार गुन्डा ऐनअन्तर्गत ठूलो कारबाही गर्यो र कुलदीपको आफ्नै घरसहित भारु साढे ९८ लाखबराबरको अवैध सम्पत्ति जफत गर्यो।

गिरोहको सबैभन्दा ठूलो अपराध चिनहाट क्षेत्रमा पूजा यादवको हत्या थियो। सतही रुपमा यो घटना सडक दुर्घटनाजस्तो देखिए पनि,बीमा कम्पनीले गरेको गहन अनुसन्धानले सम्पूर्ण षड्यन्त्रको पर्दाफास गर्यो। पूजाको हत्या करोडौँको बीमा दाबी सुरक्षित गर्न पूर्वनियोजित भएको खुलासा भयो।

यस हत्यामा पूजाका पति अभिषेक यादव, ससुरा राममिलन, दीपक बर्मा, आलोक निगम र अभिषेक शुक्ला संलग्न थिए। तर, वास्तविक मास्टरमाइन्ड कञ्चनपुर मटियारीको राधापुरम कोलोनीका निवासी कुलदीप सिंह थिए।

कुलदीप सिंह एक साधारण मानिस देखिन्थे। तर, उनले अपराधलाई आफ्नो व्यावसायिक मोडेल बनाएका थिए। उनले छिमेकमा पैसाका लागि हत्या गर्न पनि तयार मानिसहरुको बलियो सञ्जाल बनाएका थिए। यो सञ्जाल विस्तारै बीमा ठगी गिरोहमा विकसित भयो। गिरोहले पहिले साधारण मानिस छान्थे र उनीहरुको ठूलो धनराशिको बीमा पोलिसी खरिद गर्दथे। त्यसपछि उनीहरुको हत्या गरी सडक दुर्घटनाका रुपमा पेस गरी कम्पनीबाट बीमाको रकम दाबी गर्थे।

यो घटनामा चिनहाट प्रहरीचौकीका इन्चार्ज दिनेश चन्द्र मिश्रको नेतृत्वमा प्रहरीले कुलदीपविरुद्ध गुन्डा ऐनअन्तर्गत मुद्दा दर्ता गर्यो। अनुसन्धानमा उनले धेरै हत्या र ठगीमार्फत करोडौं रुपैयाँको अवैध सम्पत्ति आर्जन गरेको खुलासा भयो।

प्रहरीले कुलदीपको राधापुरम कोलोनीमा रहेको घरसहित भारु साढे ९८ लाखबराबरको चल र अचल सम्पत्ति जफत गरेको छ। भविष्यमा अन्य गिरोह सदस्यहरुविरुद्ध पनि यस्तै कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS