IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोष र फरवार्ड माइक्रोफाइनान्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र सुनसरीको दुहवीमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कर्जा सुरक्षणको लागि सम्झौता भएको छ । कोषले ऋणी र एकाघरको पतिपत्नीको मृत्यु, अशक्ततता वा परीयोजना नष्ट भई बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित लघु कर्जामा हुन सक्ने नोक्सानीको क्षति विरुद्ध सुरक्षण प्रदान गर्ने उदेश्यले प्रचलनमा ल्याएको लघु कर्जा अतिरिक्त सुरक्षण योजना, २०८२ बमोजिम सो सम्झौता भएको हो ।

उक्त सम्झौता कार्यक्रममा फरवार्ड लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत एवं विभागीय प्रमुखहरु र कोषको विभागीय प्रबन्धक लगायत शाखा कार्यालयको कर्मचारीहरुको उपस्थितिमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

Esewa
Crest

उक्त सम्झौता सँगै कोषको लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रम अन्तरगतको व्यवस्था बमोजिम फरवार्ड लघुवित्तले प्रवाह गरेको कर्जाको wilful default मा ७५ प्रतिशत र मृत्यु, अशक्तता, परीयोजना नष्ट जस्ता परिस्थितिजन्य घटनाबाट कर्जा डिफल्ड भएको अवस्था शतप्रतिशतप्रतिशत दावी भुक्तानी कोषले गर्नेछ।

यस प्रकारको सम्झौता मार्फत योजनाको सदस्यता प्राप्त गरेको फरवार्ड लघुवित्तले नियमित वार्षिक सुरक्षण शुल्क ० दशमलव ४ प्रतिशतमा थप ०.१५ प्रतिशत सहित ० दशालव ५५ प्रतिशत सुरक्षण शुल्क तिर्नु पर्नेछ।यस सम्झौता मार्फत सुरक्षण योजनाको व्यवस्था बमोजिम फरवार्ड लघुवित्तबाट विपन्न वर्गका व्यक्तिलाई लघु तथा साना उद्यम व्यवसाय संचालनका लागि प्रवाहित संस्थागत कर्जा शत प्रतिशत सुरक्षित भई कर्जाको सुरक्षणका लागि चल अचल सम्पत्तीको धितो लगायत अन्य सुरक्षण व्यवस्था गरिरहनु पर्ने झन्झटबाट फरवार्ड लघुवित्त मुक्त हुने अपेक्षा कोषले लिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS