काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म ६ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । हालसम्म साना किसान विकास लघुवित्त, स्वावलम्बन लघुवित्त, हिमालयन लघुवित्त, गराँस लघुवित्त, आरएसडिसी लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यी संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलार्य वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
गुराँस लघुवित्त वित्तीय संस्था
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १४ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । संस्थाले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
आरएसडिसी लघुवित्त
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने जनाएको छ । संस्थाले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
आशा लघुवित्त
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ९ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
साना किसान विकास लघुवित्त
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये १४ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।
स्वावलम्बन लघुवित्त
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ५ दशमलव ६३६५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ४दशमलव ३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।
हिमालयन लघुवित्त
यस संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये संस्थाले ६ दशमलव ६५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।
अझै चार संस्था, हिमालयन लघुवित्त, आशा लघुवित्त, साना किसान र स्वावलम्बन लघुवित्तको शेयर किन्दा लाभांश पाइन्छ ।

















