IME Life New

भायानेटले ल्यायो सुपरहिट इन्टरनेट प्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’सार्वजनिक गरेको छ। यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो।

सुपरहिट इन्टरनेट प्याक अन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा प्राप्त गर्न सकिन्छ। विशेषरूपमा २०० Mbps वा सो भन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउने छन्।

Esewa
Crest

साथै, यिनै २०० Mbps वा सो भन्दा माथिको प्याकेजहरूमा  Priority Serve को साथमा ‘Same Day Support’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेट सम्बन्धी कुनै समस्या दिउँसो ३ बजे अघि दर्ता गरिने इन्टरनेट सम्बन्धी गुनासाहरूलाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ।

इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु.३,००० पर्ने मेशराउटर अहिले रु. २,५०० मा पाइनेछ।

भायानेटका अनुसार नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ले ग्राहकलाई छिटो र भरपर्दो सेवाको अनुभव दिनेछ। नयाँ तथा पुराना दुवै ग्राहकका लागि यो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ।

थप जानकारीका लागि भायानेटको वेबसाइट  vianet.com.np/superhitinternetpack वा भायानेटका सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS