IME Life New

षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तर्क्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू, कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र प्रक्रिया, जीवन बीमाको बचत तथा लगानी पक्ष, र कर्मचारीहरूलाई तोकिँदै आएका लक्ष्य (टार्गेट) जस्ता विषयमा प्रश्न उठाइएका थिए।

षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राईले सबै नागरिक बीमासँग परिचित भए पनि यसको प्रभावकारी विस्तारका लागि स्थानीय तहले अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन् ।

Esewa
Crest

उनले बीमाका शर्त, प्रक्रिया र सुविधाबारे स्पष्ट जानकारी दिनुपर्ने, कर्मचारी तथा अभिकर्ताबाट हुन सक्ने गलत अभ्यास रोक्न कडा नियमन आवश्यक रहेको र गतिविधिमा संलग्न मध्यस्थकर्तालाई कानुनी कारबाही गर्न सकिनेप्रति ध्यानाकर्षण गराइन् ।

उठेका प्रश्नहरूको जवाफ दिँदै प्राधिकरण प्रमुख प्रिती देवले बीमा सेवा केवल लाइसेन्स प्राप्त कम्पनी वा अधिकृत व्यक्तिमार्फत मात्र लिन सहभागीहरूलाई आग्रह गरिन्। दाबी दर्ता गर्दा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने र बीमा सम्बन्धी उजुरी अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारी उनले दिइन् ।

उनका अनुसार कृषि बीमामा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको छ। निजीर्वन बीमामा क्षति मूल्यांकनका कारण दाबी भुक्तानीमा केही समय लाग्न सक्ने भएकाले धैर्य गर्न पनि उनले अनुरोध गरिन्।

कार्यक्रममा नगर उप–प्रमुख प्रमिला राई प्रमुख अतिथिका रूपमा सहभागी भइन्। वडा नं. ३ का अध्यक्ष साङ देम्बा राई, वडा नं। ९ का अध्यक्ष ङिमा शेर्पा, वडा नं. ८ का अध्यक्ष सुवास तामाङ, प्रस्तुतकर्ता सचिन राई र कार्यक्रम सञ्चालक मिलन पोखरेलसहित स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS