IME Life New

हजार दरका ४३ करोड नोट छाप्न राष्ट्र बैंकले गर्‍यो चिनियाँ कम्पनीसँग सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रूपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनसँग करार गरेको छ।

यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ।

Esewa
Crest

राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदाै १० गते वैश्विकरूपमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले कर्पोरेशनलाइ बैंकले छनाैट गरेको हो।

राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद (चौधौँं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को प्रावधान अन्तर्गत रहेर बिहीबार कम्पनीसँग करार सम्झाैता पत्र आदान प्रदान गरिएको छ।

यो कामका लागि प्रति नोट राष्ट्र बैंकले ०.०३९५ अमेरिकी डलर (हालको विनिमय दर अनुसार रू ५.५३ ) मुद्रण तथा आपूर्ती खर्च दिनुपर्नेछ। राष्ट्र बैंकले कुल १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर(हालको विनिमय दर अनुसार २ अर्ब ४२ करोड ६७ लाख ६१ हजार रूपैयाँ) भुक्तानी गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS