IME Life New

कुनै पनि वस्तुको बीमा गर्दा किन खोजिन्छ बीमायोग्य हित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै वस्तुमा बीमायोग्य स्वार्थ वा हित हुनु भनेको तपाईसँग त्यसको स्वामित्व छ वा यो क्षतिग्रस्त, नष्ट वा चोरी भयो भने तपाई आर्थिक रूपमा पीडित हुनुहुनेछ भन्ने हो। कुनै वस्तुको बीमा गर्नु अघि बीमा प्रस्ताव र त्यस्तो वस्तु वा सम्पत्तिमाथि बीमायोग्य हित निहित हुनु अनिवार्य हुन्छ।

कुनै वस्तुको बीमा गर्न बीमायोग्य हित किन आवश्यक छ ?

बीमायोग्य हित भनेको बीमामा नैतिक जोखिम निर्क्याैल गर्ने मुख्य सिद्धान्तहरू मध्ये एक हो। बीमायोग्य हितको लागि तपाईले बीमा गर्न खोज्नु भएको वस्तुको ख्याल राख्नुपर्छ । त्यसमा क्षति हुन नदिन भरमग्दुर प्रयास गर्नुपर्छ । यस्तो क्षति दुर्घटना, चोरी, आगलागी वा टुटफुटका कारणबाट पनि हुनसक्छ। यदि मानिसहरूले बीमा गरेका चीजहरूमा बीमा योग्य हित छैन भने, दाबी लागत नियन्त्रण बाहिर बढ्दै जाँदा बीमा सुरक्षण सम्भवतः किन्न नसकिने हुनेछ।

Esewa
Crest

के म त्यस्तो चीजको बीमा गर्न सक्छु जुन मेरो स्वामित्वमा छैन ?

तपाईसँग नभएको वस्तुको पनि बीमा गर्न सक्नुहुन्छ, जबसम्म तपाईसँग यसमा बीमा योग्य हित जोडिएको हुन्छ। उदाहरणका लागि, यदि तपाईले कसैलाई आफ्नो स्वामित्वमा रहेको कुनै भवन व्यवसायीक प्रयोजनका लागि २० वर्षसम्म प्रयोग गर्न दीर्घकालीन सम्झाैता(लिज) मार्फत दिनुभयो। २० वर्षपछि तपाईले त्यो भवन फिर्ता प्राप्त गर्दा सम्म भवनको उपयोगिता सकिएको हुनसक्छ। तर जबसम्म त्यो भवन खडा छ, त्यो दिनसम्म भवनमा तपाईको बीमायोग्य हित जोडिएको मानिन्छ किनकि यदि भवन भूकम्पन, आगलागी वा अन्य कुनै कारणले क्षतिग्रस्त भयो भने अर्को भवन संरचना निर्माण गर्न तपाईलाई पैसा चाहिन्छ।

अर्को उदाहरण, तपाईको छोराले चढ्ने मोटरसाइकल चोरी भयो भने, यसले तपाईमाथि अनावश्यक आर्थिक भार थप्नेछ, यद्यपि त्यो मोटरसाइकल तपाईले नभएर छोराले चढ्छ। त्यसकारण त्यो मोटरसाइकलसँग पनि तपाइको बीमायोग्य हित जोडिएको पुष्टी हुन्छ।

के मोटरसाइकल किन्नु अघि बीमा गर्न सकिन्छ ? 

हो, सक्नुहुन्छ ! यदि तपाई ऋण लिएर मोटरसाइकल खरिद गर्दै हुनुहुन्छ भने, तपाईले बिक्रेताबाट नयाँ मोटरसाइकल घर लैजानु अघि बीमा गर्नु आवश्यक पर्नेछ। किनकी मोटरसाइकल तपाईको नाममा नामसारी हुन केही दिन लाग्ने भएपनि मोटरसाइकलमा कुनै क्षति भयो भने त्यसबाट बिक्रेतालाई नभएर तपाईलाई नै नोक्सानी हुनेछ। त्यसैले शोरूमबाट मोटरसाइकल वा मोटर कार लिएर निस्किनु अघि अनिवार्यरूपमा बीमा गर्नु वुद्धिमानी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS