IME Life New

के हो प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको बीमाको आधारभूत सिद्धान्त ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा सुपरिवेक्षक संघ (आइएआएस) ले प्रतिपादन गरेको बीमाको मुख्य सिद्धान्त कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्ने विषय समेत समावेश गरेको छ।

प्राधिकरणले पहिलो अभ्यासमा ल्याएको वार्षिक नीति तथा कार्यक्रम २०८२।८३ कार्यान्वयनका लागि निर्धारण गरिएको १२ महिनाको समय सीमामध्ये झण्डै साढे पाँच महिनाको अवधि गुज्रि सकेको छ। यसबीचमा प्राधिकरण आफैंले तोकेको लक्ष्यको प्राप्तीमा कति पाइला अघि सार्न सफल भयो भन्ने जानकारी प्राधिकरणको वार्षिक प्रतिवेदनमा खुल्नेनै छ। अहिलेलाई भने बीमा कम्पनीहरू भित्र कमजोर हुँदै गएको संस्थागत सुशासनमा प्राधिकरण प्रो एक्टिभ भएर निगरानी र नियन्त्रण गर्न अक्षम देखिएको अवस्था छ।

Esewa
Crest

विश्वका बीमा नियामकहरूको साझा संगठन आइएआएसले सिफारिश गरेको २८ मुख्य सिद्धान्तको उद्देश्य बीमा क्षेत्रमा सुसंगत संस्थागत अभ्यास सुनिश्चित गरेर बीमा प्रति विश्वसनियता कायम राख्नु हो।

बीमा क्षेत्रलाई अझै पारदर्शी, सुरक्षित र सबैको पहुँचमा पुर्‍याउन अन्तर्राष्ट्रिय बीमा सुपरिवेक्षक संघले २८ वटा बीमा मुख्य सिद्धान्त (Insurance Core Principles – ICPs 24) अघि सारेको हो। शुरूमा यो सिद्धान्त २४ वटा मात्र भएकाले यसको पहिचान यथावत राख्न अझै पनि यसलाई ICPs 24 नै नामाकरण गरिएको छ।

यी सिद्धान्तहरू केवल कागजमा मात्र सीमित छैनन्, बरु यो सिद्धान्तहरूले बीमित र बीमा कम्पनीबीचको सम्बन्धलाई अझै प्रगाढ र विश्वासिलो बनाउन योगदान गरेको छ।

किन आवश्यक छन् यी सिद्धान्तहरू ?

नेपालको सन्दर्भमा हेर्ने हो भने, बिक्री भएका बीमालेख संख्या र जनसंख्या अनुपातको आधारमा बीमाको पहुँच लगभग आधा जनसंख्यामा पुगेको छ। तर, दाबी भुक्तानीमा ढिलाइ वा प्रक्रियागत झन्झटले अझै धेरैलाई यो सेवाबाट वञ्चित पारेको छ। संघका यी सिद्धान्तहरूले यही खाडल पुर्ने दिशामा योगदान गर्छन्।
  • आर्थिक सुरक्षाको ग्यारेन्टी(ICP 16: Capital Adequacy and Solvency): सिद्धान्तहरूले बीमा कम्पनीहरूलाई पर्याप्त पूँजी र वित्तीय सुदृढता कायम राख्न बाध्यकारी बनाउँछन् । यसको सोझो अर्थ हो, बीमितले कुनै पनि भवितव्यमा आफ्नो दाबी भुक्तानी पाउने निश्चितता बढ्छ।
  • पारदर्शिता र सुशासन (ICP 8: Corporate Governance, ICP 14: Disclosure and Transparency): कम्पनीको आन्तरिक व्यवस्थापन, जोखिम व्यवस्थापन र पारदर्शितामा जोड दिइएको छ। यसले कम्पनीहरूलाई मनलाग्दी र जथाभावी निर्ण लिनबाट रोक्छ र बीमितलाई हरेक जानकारी सहजै उपलब्ध गराउन प्रोत्साहन गर्छ।
  • मानवीय पक्षको सम्मान (Market Conduct – ICP 25) : बीमितको हित संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ। यसले बीमा योजना बिक्री गर्दा होस् वा दाबी भुक्तानी गर्दा, ग्राहकसँग निष्पक्ष र मानवीय व्यवहार सुनिश्चित गर्छ। बीमालाई व्यापार मात्र नभएर सामाजिक सुरक्षाको कवचको रूपमा स्थापित गर्न यसले मद्दत गर्छ।
कुनै पनि बीमितले निर्धारित समयमै झन्झटमुक्त र सहज तरिकाले  दाबी भुक्तानी प्राप्त गर्छ, त्यतिबेला मात्र बीमाप्रति आम मानिसको विश्वास बढ्छ। संघका यी सिद्धान्तहरूले नियामक निकाय (जस्तै नेपाल बीमा प्राधिकरण) लाई कम्पनीहरूको काम कारबाहीमा कडाइका साथ निगरानी गर्न अख्तियारी प्रदान गरेको छ। यी सिद्धान्तहरूको पूर्ण पालनाले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बलियो र भरपर्दो बनाउनेछ। यसले बीमितलाई आफ्नो लगानी र भविष्य सुरक्षित छ भन्ने मानसिक शान्ति प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS