IME Life New

सहकारी संस्थामाथि गरिँदै थप कडाइ, अब कर्जा सूचना केन्द्रको सदस्यता अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन निर्देशन दिएको छ।

प्राधिकरणले सहकारी संस्थाहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा ८१ ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुनअनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित रुपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

सोहीअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रसँग आबद्ध गराउन आवश्यक प्राविधिक तथा कार्यगत तयारी र सहजीकरणका लागि प्राधिकरणबाट कर्जा सूचना केन्द्रसँग चरणबद्द रुपमा गरिएका बैठक तथा छलफल भएका थिए। त्यसपश्चात कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई सदस्यताका लागि आवश्यक सहजीकरण गरिदिनका लागि प्राधिकरणसमक्ष आग्रह गरेको थियो।

सोही आधारमा प्राधिकरणको मंसिर ९ गते सम्पन्न बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण सहकारी संस्थालाई कर्जा सूचना केन्द्रमा आबद्धताका लागि आह्वान गर्ने निर्णय भएको हो। सोही निर्णयलाई कार्यान्वयन गर्न प्राधिकरणले सबै सहकारी संस्था अनिवार्य रुपमा कर्जा सूचना केन्द्रमा सदस्यता लिन निर्देशन दिएको हो।

अब कर्जा सुचना केन्द्रले सूचना जारी गरेपछि सहकारी संस्थाले आवेदन दिई आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गर्नुपर्ने परिपत्रमा उल्लेख छ। यसका साथै सहकारी संस्थाहरुलाई सदस्यता प्रदान गर्न पनि प्राधिकरणले कर्जा सूचना केन्द्रलाई समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS