काठमाडौं । आज नेप्से परिसूचक १० दशमलव ४३ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ । आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वस्तिक लघुवित्तका लगानकिर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जी र श्रीनगरका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।


















