IME Life New

बजारमा आजदेखि रु. १०० को नयाँ नोट प्रचलनमा, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर ११ गतेबाट बजारमा १०० रुपैयाँ अंकित दरका नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले १०० रुपैयाँ दरको साविककै आकार तथा रङमा संकेत नं. क२०–०००००१ देखि घ४०–९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ बैंक नोट प्रचलनमा ल्याएको हो।

Esewa
Crest

के–के छन् विशेषता ?

नोटको अग्रभागमा

  • नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ।
  • नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ।
  • नोटको मध्यभागमा नेपालको नक्सा रहेको छ।
  • नोटको मध्यभागमा अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी दि बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ। साथै, अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको र बायाँतर्फ अन्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको छ।
  • दुई मि.मि. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको छ।
  • नोटमा गभर्नरको दरखास्त रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ।
  • नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।

नोटको पृष्ठभागमा

  • नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ।
  • नोटको मध्यभागमा एकसिङे गैंडाको माउ र बच्चाको चित्र रहेको छ।
  • नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज वान हन्ड्रेड’ लेखिएको छ।
  • नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी.’ लेखिएको छ।

यसअघि २०७६ साल असोज ७ गतेदेखि १०० रुपैयाँ दर (सिरिज २०१९) को बैंक नोट संकेत नं. ओ१८–०००००१ देखि ओ३७–९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशन गरिएकोमा संकेत नं. ओ१८–०००००१ देखि क१९–०३४५०० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS