काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्टको शेयर मूल्य समायोजन भएको हो । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरी मूल्य समायोजन गरेको हो ।
एनआरएनको ४० प्रतिशत बोनश पछिको शेयर मूल्य समायोजन भएको हो । कम्पनीको बुधबार भएको अन्तिम कारोबार मूल्य १९३५ रुपैयाँ १० पैसाको आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनकिो शेयर मूल्य १३८२ रुपैयाँ २१ पैसा कायम भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २ दशमलव ५ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको बुधबार नेप्सेमा भएको अन्तिम कारोबार मूल्य ६१५ रुपैयाँ ४० पैसाको आधारमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय ३९ पैसा कायम भएको छ ।
यही समायोजित मूल्यको आधारमा आज दोस्रो बजारमा कारोबार खुल्नेछ ।

















