काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ६१ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्वस्तिक लघुवित्तका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।


















