IME Life New

आजसम्म कायम शेयरधनीले यी २ कम्पनीको लाभांश पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ।

यी दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि मंसिर ११ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आजसम्म कायम शेयरधनीहरु यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Crest

एनआरएन इन्फ्रास्ट्रक्चरले गत आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँको कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश छन्।

लाभांश पारित गर्न कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले कम्पनीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीका रुपमा कोष व्यवस्थापन कम्पनी स्थापना गर्ने र सोसम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरी शिवम सिमेन्टले आफ्नो १० औँ वार्षिक साधारणसभा यही मंसिर २५ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख ५ हजार ५०० रुपैयाँको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २.५ प्रतिशतले हुन आउने बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले रिक्त सञ्चालकमा गरिएको नियुक्ति तथा मनोनयन अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS