काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ३२ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । श्रीनगरका लगानीकर्ताले ९ दशमलव ९८प्रतिशतका दरले कमाएका छन् ।


















