IME Life New

विन नेपाल लघुवित्त १२ औँ वर्षमा प्रवेश

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त १२ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाका अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा लगायतका संस्थाका प्रतिनिधिहरुले विशेष विद्यालयमा पुगेर सो सामग्रीहरु वितरण गरेका थिए ।

Crest

ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लामा २१ वटा शाखा सञ्चालन गर्दै आएको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाको आठ करोड त्रिचालीस लाख चालीस हजार पाँच सय पचास शेयर पुँजी रहेको तथ्यांक उक्त संस्थाको पछिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS