IME Life New

मार्जिन कारोबार सुविधा प्रदान गर्ने स्टक ब्रोकरको कस्तो हुनुपर्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को प्रारम्भिक मस्यौदा जारी गरेको छ।

निर्देशनको मस्यौदामा मार्जिन कारोबार गर्न योग्य कम्पनीसँगै मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर)को योग्यताका विषयमा विभिन्न व्यवस्था प्रस्ताव गरिएको छ। चुक्तापुँजी कम्तीमा २० करोड रुपैयाँ भएका ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन्।

Esewa
Crest

यसैगरी राफसाफ सदस्यता प्राप्त गरेका, निक्षेप सदस्यता प्राप्त गरेका र धितोपत्र बजार (नेपाल स्टक एक्सचेन्ज)ले तोकेको अन्य व्यवस्था पूरा गरेका ब्रोकर मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य हुने व्यवस्था प्रस्तावित निर्देशनमा गरिएको छ।

स्टक ब्रोकर मार्जिन कारोबार सुविधा दिनुअगावै लेखापरीक्षकबाट प्रमाणित आफ्ना वित्तीय विवरणसहित नेप्सेमा सहमतिका लागि निवेदन पेस गर्नुपर्नेछ। नेप्सेले प्राप्त निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी धितोपत्र बोर्डलाई समेत गराउनुपर्ने व्यवस्था प्रस्तावित निर्देशनमा गरिएको छ।

त्यस्तै यो निर्देशन लागू हुनुपूर्व नेप्सेबाट मार्जिन कारोबार सुविधा प्रदान गर्न सहमति लिएका ब्रोकरले पुनः सहमति लिनु नपर्ने व्यवस्था गरिएको छ। तर, यस निर्देशनबमोजिम योग्यता पुगेको कागजात नेप्सेमा पेस गर्नुपर्नेछ।

धितोपत्र बोर्डले प्रस्तावित निर्देशनको मस्यौदामा सरोकारवालासँग रायसुझाव माग गरेको छ। यसका लागि ७ दिनको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS