IME Life New

अब बोनस शेयरमा लाग्ने कर कम्पनीले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर अब संगठित संस्था (कम्पनी)हरु आफैँले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा दसौँ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। दसौँ संशोधन निर्देशिका, २०८२ को दफा ४० मा उपदफा (७) थप गर्दै धितोपत्र बोर्डमा दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने प्रावधान गरिएको छ।

Esewa
Crest

यसअघि यस्तो प्रावधान धितोपत्र बोर्डले तोकेको थिएन। जसका कारण केही कम्पनीहरुले बोनस शेयर वितरण गर्दा शेयरधनीलाई नै लाभांश कर तिराउँदै आएका थिए। यो निर्देशनपछि उक्त पारिपाटीको अन्त्य हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS