IME Life New

एलआईसी भारतलाई ठूलो झट्का, अभिकर्ताका लागि सरकारले ल्याउँदैछ यस्तो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले संसदको हिउँदे अधिवेशनमा बीमा संशोधन विधेयक पेस गर्ने तयारी गरिरहेको छ। सबैभन्दा महत्वपूर्ण परिवर्तन व्यक्तिगत अभिकर्ताका लागि ‘ओपन आर्किटेक्चर’ हुनेछ। यसको अर्थ अब एकै अभिकर्ताले धेरै बीमा कम्पनी (जीवन, निर्जीवन र स्वास्थ्य) सँग काम गर्न पाउनेछन्।

यो एलआईसी भारत र एसबीआई लाइफजस्ता दिग्गज कम्पनीका लागि ठूलो धक्का हुनेछ। जसको नयाँ बीमा प्रिमियम आम्दानी धेरै हदसम्म अभिकर्ताहरुबाट आउँछ। नयाँ प्रणालीले भारतको सम्पूर्ण बीमा बजारलाई हलचल ल्याउनेछ।

Esewa
Crest

यस विधेयकमा धेरै महत्वपूर्ण प्रावधानहरु समावेश हुनेछन्। तर, सबैभन्दा छलफल गरिएको मुद्दा व्यक्तिगत अभिकर्ताका लागि ओपन आर्किटेक्चर हो। यसको अर्थ बीमा अभिकर्ता अब एउटै कम्पनीमा बाँधिने छैनन्। उनीहरु एकैसाथ धेरै जीवन, निर्जीवन र स्वास्थ्य बीमा कम्पनीका लागि काम गर्न सक्नेछन्।

यो परिवर्तन एलआईसी र एसबीआई लाइफजस्ता कम्पनीहरुका लागि ठूलो झट्कासाबित हुन सक्छ। एलआईसीको व्यक्तिगत नयाँ व्यवसाय प्रिमियमको ९२ प्रतिशत हिस्सा अभिकर्ताहरुबाट आएको देखिन्छ। एसबीआई लाइफमा यो हिस्सा २८ प्रतिशत रहेको छ। यसको अर्थ दुवै कम्पनीको व्यवसाय धेरै हदसम्म तिनीहरुको अभिकर्तामा निर्भर गर्दछ।

अब यदि अभिकर्ताले चाहेमा उनीहरुले एलआईसीको मात्र नभएर अन्य कम्पनीबाट बीमा पोलिसी पनि बेच्न सक्छन्। यसले एलआईसीको बजारमा पकड कमजोर पार्न सक्छ र निजी कम्पनीहरुलाई उल्लेखनीय रुपमा फाइदा पुर्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS