IME Life New

सामसङ नेपालको वार्म विन्टर अफर, वासिङ मेसिन र रेफ्रिजेरेटरमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सामसङ नेपालले यस जाडो महिनालाई सहज र आरामदायक बनाउनका लागि वार्म विन्टर अफर घोषणा गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागु भएको छ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

अफर अनुसार ७ किलोदेखि १२ किलो क्षमतासम्मका AI Ecobubble Washer Dryer, Front Load, FATL र SATL वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ। त्यसैगरी Single-door, Double-door र Side-by-Side रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक प्रदान गरिनेछ।

Esewa
Crest

सामसङका वासिङ मेसिन तथा रेफ्रिजेरेटरमा प्रयोग भएको DIT मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ। साथै सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

फाइनान्स र एक्सचेन्ज सुविधा

ग्राहकहरूले Samsung Insta Finance सेवा (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो EMI को विकल्पमार्फत होम अप्लायन्स खरिद गर्न सक्नेछन्। EMI प्रक्रिया सरल रहेको र ग्राहकले केवल नागरिकता प्रस्तुत गरे पुग्ने बताइएको छ।

त्यस्तै, नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्को स्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू सहजै एक्सचेन्ज गर्न सक्नेछन्।

अफरअन्तर्गत समावेश विभिन्न वासिङ मेसिन तथा रेफ्रिजेरेटर मोडेलहरूको विस्तृत सूची तथा क्यासब्याक विवरण सामसङ नेपालका अधिकृत स्टोरहरूमा उपलब्ध छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS