IME Life New

टाइटानिकका एक यात्रुको घडी कीर्तिमानी मूल्यमा बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाइटानिक जहाज दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी लिलामीमा कीर्तिमानी मूल्यमा बिक्री भएको छ। उक्त घडी १७ लाख ८० हजार पाउन्ड (लगभग सवा ३३ कराड रुपैयाँ) मा बिक्री भएको हो।

इसिडोर स्ट्रास र उनकी पत्नी इडा साउथ ह्याम्प्टनबाट न्युयोर्क जाँदै गर्दा सन् १९१२ अप्रिल १४ मा टाइटानिक हिमशिलामा ठोक्किँदा मृत्यु भएका लगभग १ हजार ५०० व्यक्तिमध्ये थिए। दुर्घटनाको केही दिनपछि एट्लान्टिकबाट उनीहरुको शव बरामद गरिएको थियो र उनीहरुको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि समावेश थियो।

Esewa
Crest

यो घडी स्ट्रास परिवारमा संरक्षित गरिएको थियो र शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्समा बेचिएको थियो।

स्ट्रास एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्युयोर्कमा मेसीको डिपार्टमेन्ट स्टोरका सहमालिक थिए। दुर्घटनापछि उनकी श्रीमतीले लाइफबोटमा ठाउँ दिन अस्वीकार गरेको विश्वास गरिन्छ। किनकि उनी आफ्नो पतिलाई छोड्न नचाहेको र उनीसँगै मर्ने बताइन्।

इडा स्ट्रसको शव कहिल्यै भेटिएन। इडा स्ट्रसले जहाजमा चढ्दा टाइटानिक स्टेसनरीमा लेखिएको एउटा पत्र पोस्ट गरिन्। यो पत्र लिलामीमा १ लाख पाउन्ड (लगभग १ करोड ८७ लाख रुपैयाँ) मा बिक्री भएको थियो।

टाइटानिकका सम्झना वस्तुहरुको यो लिलामीले कुल ३ करोड पाउन्ड उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS