IME Life New

निजी सम्बन्ध लुकाएपछि एआइजीका भावी अध्यक्षले गुमाए रू २ करोडको जागिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लण्डनको वैश्विक वित्तीय सेवा समूह लोयड्सका प्रमुख कार्यकारी अधिकृत जोन नीलले सहकर्मी महिलासँगको व्यक्तिगत सम्बन्ध खुलासा नगरेको विषयमा अनुसन्धानपछि उनले अर्को एक कम्पनीको जागिर शुरू नगर्दै हातबाट गुमाएका छन्।

अमेरिकी पुनर्बीमा समूह, अमेरिकन इन्टरनेशनल ग्रुप इंक(एआइजी)ले  भावी अध्यक्षका रूपमा जोन नीललाई भित्र्याउने तयारी गरेको थियो। तर एआइजी भित्र उनको व्यक्तिगत आचरण सम्बन्धमा छानबिन भइरहेको जानकारी पछि एआइजीले उनीसँगको सम्झाैता तोडेको घोषणा गरेको छ।

Esewa
Crest

गत साता एआइजीको यस्तो घोषणाबाट बीमा उद्योगका पर्यवेक्षकहरू स्तब्ध हुँदै जागिर शुरू नगर्दै १ करोड ७० लाख अमेरिकी डलर( करिब २ करोड ४३ लाख रूपैयाँ) तलबको जागिर किन गुमाए भन्ने प्रश्न उठाएका थिए । तर यो हप्ता उनीहरूले यसो हुनुको कारणबारे आम सञ्चारमाध्यममा सार्वजनिक समाचारबारे जवाफ पाई सकेका छन् ।

गत बुधबार लोड्यसले गत महिनादेखि उनको आचरणको अनुसन्धान गरिरहेको जानकारी सार्वजनिक गरेको थियो। लन्डनको लोयड्स, विशाल बीमा बजारमा नील यो वर्षको शुरूवाती महिनासम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा जागिरे थिए। बुधबारै एआइजीले पनि नीललाइ अध्यक्ष पदको जिम्मेवारी दिने रोजगार सम्झाैता तोडेको थियो। यो निर्णय उनको लोयडको कर्मचारीसँगको कथित सम्बन्धमा केन्द्रित थियो।

नीलले आफ्नो कम्पनीमा कार्यरत कनिष्ठ महिलासँग वैवाहिक सम्बन्ध रहेको विषय घोषणा गरेका थिएनन्। ठूला संस्थागत कम्पनीमा जागिर खानु अघि नै कुनै कर्मचारीसँग आफ्नो व्यक्तिगत वा पारिवारिक वा वित्तीय स्वार्थको सम्बन्ध भए नभएको अनिवार्य खुलाउनुपर्छ। तर नीलले त्यसो गरेनन्। ९ वर्ष अघि सन् २०१६ मा पनि यसै विषयमा उनी अनुशासनको कारवाहीमा परेर कर्मचारी बोनशवापतको रकम गुमाउन पुगेका थिए।

अष्ट्रेलियाली बीमा कम्पनी क्युबीइ इन्स्योरेन्स ग्रुप लिमिटेडले नीलले कनिष्ठ कर्मचारीसँगको निज सम्बन्ध खुलासा नगरेको थाहा पाएपछि उनकोसन् २०१६ को बोनश वापतको रकम कट्टा गरिदिएको थियो । यो विषयमा ब्लूमबर्ग डट कमले लेखेको थियो कि शंकाको घेरामा रहेकी महिलाले नीलसँगको विवाहपछि क्युबीइ इन्स्योरेन्स ग्रुपमा नीलको अघिल्लो निजी सचिव महिलालाई प्रतिस्थापन गरेकी थिइन् ।

यो घटनाले कार्यस्थलमा हुने व्यक्तिगत सम्बन्धको जटिल प्रकृतिलाई उजागर गरेको छ। हालैका उदाहरणहरूले नेस्ले एसए, कोहल्स कर्पोरेशन र एस्ट्रोनोमर लगायतका कम्पनीहरूमा सीईओहरूलाई गुमाउनु परेको थियो। एन्डी बायरनले जुलाईमा कोल्डप्ले कन्सर्टमा एक सहकर्मी महिलासँग खेल मैदानको दर्शक दीर्घामा “किस क्याम” मा पक्राउ परेपछि जागिर गुमाएका थिए।

नीलको नियुक्ति बदरको घटना विश्वका ठूला कम्पनीहरू पनि जहाँ व्यवसायीक लक्ष्य पुरा गर्ने शर्त सहित उच्च तहमा कर्मचारी भित्र्याउँदा व्यक्तिगत सम्बन्धका कारण कसरी धोका हुन सक्छ भन्ने तथ्यको एक विशेष उदाहरण पनि हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS