IME Life New

नेपालमा पहिलो पटक आईसीटी र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज र रिसर्च एन्ड इनोभेसन सेन्टर नेपालको संयुक्त आयोजनामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी २०२६) को आयोजना हुने भएको छ । आगामी माघ ८ गतेदेखि फागुन २ गतेसम्म काठमाडौं सोल्टिमोडस्थित होटल हायात सेन्ट्रिकमा नेपालमै पहिलो पटक (आईसीटीपी २०२६) सम्मेलन हुन लागेको हो ।

आईट्रिपलई नेपाल च्याप्टर र आई।ट्रिपल।ई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरको प्राविधिक सहयोगमा हुन लागेको सम्मेलनमा नेपालसहित अन्तर्राष्ट्रियस्तरका स्नातकदेखि पीएचडी तहसम्मका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले १५० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने बताइएको छ ।

Esewa
Crest

आयोजित पत्रकार सम्मेलन अनुसार सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सका विषयमा अनुसन्धानको संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सम्मेलनका सचिव इन्जिनियर विरोध रिजालले बताए । ‘यो सम्मेलनले नेपालमा पनि अनुसन्धान गर्ने प्रतिभाहरूको कमी छैन भन्ने प्रमाणित गर्नेछ । सम्मेलनमा नेपाली अनुसन्धानकर्ताहरुको पनि उल्लेख्य सहभागीता रहन्छ ।’ सरकारले अनुसन्धानका क्षेत्रमा पर्याप्त बजेट नदिँदा समस्या भइरहेको भन्दै उनले भने ।

सम्मेलनमा दक्षिण कोरियाको शिर्ष अनुसन्धान विश्वविद्यालय, कोरिया एडभान्स्ड इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका प्रा.डा.चाङ–ही ली, स्युङ हन हान र प्रा.पुल हो ली, भियतनामको इस्टर्न इन्टरनेसनल युनिभर्सिटीका प्रा.डा. नारायण सी.देवनाथ तथा चीनको नान्जिङ युनिभर्सिटीका प्रा.डा. शिलङ पान र प्रा।डा। सुपिंग झाङ ’की–नोट’ स्पिकरका रूपमा सहभागी हुने बताइएको छ । नेपाली अनुसन्धानकर्ताहरुले पनि विभिन्न विषयहरुमा पेपर प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा आरएफ (रेडियो फ्रिक्वेन्सी) एन्ड फोटोनिक्स, एआई एन्ड मसिन लर्निङ, आईसीटी पोलिसी एन्ड डिजिटल गभर्नेन्स, रिसेन्ट ट्रेन्ड इन कम्प्युटिङ, तथा रोबोटिक्स एन्ड अटोमेसन गरी ६ विधामा अनुसन्धान पत्र प्रस्तुत गरिने सम्मेलनका सचिव रिजालले जानकारी दिए ।

छनोट भएका उत्कृष्ट पत्रहरू आई। ट्रिपल ईको जर्नलमा प्रकाशित गरिने छ । सम्मेलनमा सहभागिताका लागि नेपाली विद्यार्थीलाई १२ हजारदेखि १४ हजार रुपैयाँ र अनुसन्धानकर्तालाई १५ हजारदेखि १८ हजार रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ । सार्क राष्ट्र र अन्य मुलुकका सहभागीका लागि भने शुल्क फरक हुने बताइएको छ । सहभागीहरूले दक्षिण कोरियाको केएआईएसटीद्वारा आयोजित ’ग्लोबल डिजिटल इनोभेसन’ कार्यशालामा समेत भाग लिन पाउनेछन् ।

अनुसन्धान पत्र पठाउनका लागि १५ सेप्टेम्बरदेखि ३० नोभेम्बरसम्मको समय तोकिएको छ भने, यसलाई १५ दिन थपगर्ने तयारी भइरहेको छ । सम्मेलनबाट नेपालका विज्ञान र प्रविधि क्षेत्रमा क्रियाशिल शिक्षक, विद्यार्थीहरुले अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण शिक्षा प्राप्त गर्ने जनाइएको छ ।

सम्मेलनमा आविस्कारशील विचारहरु प्रेरित गर्न, सहकार्यलाई बढावा दिन र सुधारिएको दिगो प्राविधिक विकासलाई अगाडी बढाउने ज्ञान आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजक समिति सदस्य समेत रहेका नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले नेपाली अनुसन्धानकर्ताहरु अन्तराष्ट्रिय तहको भएपनि अहिलेको सम्मेलनमा भने आइसीपिटी लगायत विभिन्न संघ संस्थामा आबद्ध वरिष्ट अनुन्धानकर्ताहरुले प्रस्तुत गर्ने अध्ययन अनुसन्धानबाट हामीले अधिकतम ज्ञान कसरी हासिल गर्ने ठूलो विषय रहेको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS