IME Life New

‘हेल्थ प्लस’ ले अब विद्यार्थीले पढाई अधुरै छाडेर नेपाल फर्किनुपर्ने बाध्यताको अन्त्य गर्नेछः नेको इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक, नेको इन्स्योरेन्सले नेपाली बजारमा प्रचलनमा ल्याएको इन्टरनेशनल स्टुडेण्ट हेल्थ केयर बीमाले पैसाको अभावमा विद्यार्थीले पढाई अधुरै छोडेर नेपाल फर्किनुपर्ने बाध्यताको अन्त्य गर्ने इन्स्योरेन्सको विश्वास छ।

दुर्घटनाका कारण अभिभावकले विद्यार्थीको पढाइ खर्च धान्न नसक्ने वा विद्यार्थी स्वयमले पनि कमाउन नसक्ने गरी अशक्त वा अपाङ्गता भएको अवस्थामा इन्स्योरेन्सले बीमलेखमा तोकिएको सीमासम्मको रकम क्षतिपूर्ती दिने भएकाले विद्यार्थीको पढाई निरन्तरताको सुनिश्चितता बढाउनेछ।

Esewa
Crest

नेकोका नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने तयारीमा रहेका वा विदेशमै अध्ययनरत नेपाली विद्यार्थीको शिक्षा सुनिश्चित गर्न बीमा योजना ल्याइएको बताए ।

पढाइ खर्च धान्न, आवास तथा खाना खर्च व्यहोर्न र बैंकबाट पढाइका लागि लिएको ऋणवापतको किस्ता रकम भुक्तानी गर्न यो बीमालेख क्षतिपूर्ती दिलाउनेछ। बीमालेखमा उल्लेख गरिएको शिक्षण संस्थालाइ सिधै विदेशी मुद्रामा रकम भुक्तानी हुने भएकाले विद्यार्थी वा अभिभावकले तनाव लिनु नपर्ने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले जानकारी दिए।

थापाले स्वास्थ्य बीमा अनिवार्य गरिएको अष्ट्रेलियाका नेपाली विद्यार्थीले विद्यमान बीमालेखमा अतिरिक्त जोखिम(राइडर कभर, स्पिल ओभर) बहनका लागि यो बीमा योजनालाई राइडर समावेश गर्न सक्ने सुविधा छ। यसको लागि प्रति वर्ष बीमाशुल्कवापत जम्मा १६० अमेरिकी डलर भुक्तानी गर्नुपर्नेछ।

राइडरको रूपमा समावेश गरेको अवस्थामा, अष्ट्रेलियन बीमकसँग गरिएको बीमाले व्यहोर्ने क्षतिको सीमाले विद्यार्थीको उपचार खर्च वा पढाइ खर्च पूर्ती नभएको अवस्थामा सीमाभन्दा बढी हुने रकम नेको इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमार्फत शिक्षण संस्था वा स्वास्थ्य संस्थालाइ भुक्तानी गरिदिनेछ।

इन्स्योरेन्सका अनुसार, पहिलो चरणमा यो बीमा योजना अष्ट्रेलिया, न्यूजिल्याण्ड र युनाइटेड किङ्गडम(युके) मा उच्च शिक्षा अध्ययन गर्ने जाने वा उतै अध्ययन गरिरहेका विद्यार्थीका लागि उपलब्ध गराइएको छ। विद्यार्थीले नेपाल वा सम्बन्धित देशबाटै इन्स्योरेन्सको वेबसाइटमार्फत अनलाइन माध्यमबाटै बीमालेख खरिद गर्न सक्नेछन् ।

विदेशमा उच्च शिक्षा अध्ययनमा जाने तयारी गरेका वा विदेशमै अध्ययनरत विद्यार्थीले अनलाइनमार्फत नै यो बीमालेख खरिद गर्न सक्छन् । बीमा अन्तर्गत कुनै क्षतिपूर्ती दाबी गर्नुपरेमा बीमित वा सम्बन्धित व्यक्तिले अनलाइनमार्फत नै बीमा दाबीको लागि आवेदन दर्ता गराउन सक्छन् ।

अन्य बीमामा अभिभावकको रूपमा आमा वा बाबुलाई मात्र समावेश गरिए पनि यो बीमामा पढाई खर्च व्यहोर्ने जिम्मेवारी बहन गर्ने परिवारको जुनसुकै सदस्यको जोखिम समावेश गर्न सकिने विशेष सुविधा दिइएको छ।

विद्यार्थीको अभिभावकको अपाङ्गता, घातक रोग वा निधन भएमा विद्यार्थीको शिक्षण खर्चवापतको तोकिएको रकम, बैंकको तीन किस्ता सम्मको रकम तिर्ने दायीत्व बीमा कम्पनीले नै व्यहोर्नेछ।

विद्यार्थी दुर्घटना वा बिरामीका कारण ३० दिन भन्दा बढी पूर्ण आराम गर्नुपर्ने अवस्थामा प्रारम्भमा लिभिङ एक्पेन्सेज(जीवनयापन खर्च) भुक्तानी दिइनेछ ।

यो बीमा योजनाले शिक्षण शुल्कका लागि लिएको बैंक ऋणको ३ किस्ता बराबरसम्मको किस्ता भुक्तानी गर्नेछ। विद्यार्थी विदेशमै रहेका बेला नेपालमा अभिभावकको अप्रत्याशित निधन भएमा विद्यार्थी नेपाल आउजाउ गर्दा लाग्ने हवाई टिकटवापतको खर्च बीमा कम्पनीले नै व्यहोर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

80%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS