IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गरेका हुन् ।

कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

Esewa
Crest

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS