IME Life New

वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब कर्जा लगानी, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म वाणिज्य बैंकहरुबाट पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब रुपैयाँ कर्जा लगानी भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले पर्यटन सेवा क्षेत्रमा चालु आर्थिक वर्षको असोजसम्म २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुले २ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी ७.७६ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको असोजसम्म पर्यटन सेवा क्षेत्रमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सार्वधिक कर्जा लगानी गरेको छ भने सबैभन्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको देखिएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको कर्जा लगानी बढेको छ भने ४ वटाको घटेको छ। कर्जा लगानी वृद्धिदरका हिसाबले सिटिजन बैंक अगाडि रहेको छ।

चालु वर्षको असोजसम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ पर्यटन सेवा क्षेत्रमा कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २३ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्ष तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी ४.२२ प्रतिशतले घटेको छ।

दोस्रो धेरै कर्जा लगानी गर्नेमा प्रभु बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले यस क्षेत्रमा २२ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २१ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २.२६ प्रतिशतले बढेको थियो।

तेस्रोमा ग्लोबल आइएमई बैंकले रहेको छ। अघिल्लो वर्ष असोजसम्म बैंकले पर्यटन सेवा क्षेत्रमा १८ अर्ब १४ करोड रुपैयाँ लगानी गरेकोमा समीक्षा अवधिमा १५.८६ प्रतिशतले बढेर २१ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा अवधिसम्म पर्यटन सेवा क्षेत्रमा प्राइम कमर्सियल बैंकले २० अर्ब ७४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १८ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्राइमको १९.११ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.१९ प्रतिशतले कर्जा लगानी बढेको छ।

समीक्षा अवधिसम्म यस क्षेत्रमा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८५ करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ भने अघिल्लो वर्षको तुलनामा ५०.०५ प्रतिशतले कर्जा लगानी बढाउँदै सिटिजन्स बैंकले ४ अर्ब १८ करोड रुपैयाँ प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS