काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।

















