IME Life New

कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भुक्तापुको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Crest

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा सुझाव समेट्नसमेत सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेका चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS