काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूक ० दशलमव ९३ अंकले घटेर २,५६० को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस उर्जाको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

















