IME Life New

वाणिज्य बैंकहरुबाट निर्माण क्षेत्रमा रु. २ खर्ब बढी कर्जा प्रवाह, कुनबाट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को तथ्यांकअनुसार यस्तो देखिएको हो।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिना असोजसम्म २ खर्ब ९ अर्ब ९८ करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट १ खर्ब ८४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३.९९ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटाको घटेको छ। चालु वर्षको असोजसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन्स र एभरेष्ट रहेका छन्।

चालु वर्षको असोजसम्म नबिल बैंकले निर्माण क्षेत्रमा २५ अर्ब ७० करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २३ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह ७.४३ प्रतिशतले बढेको छ।

निर्माण क्षेत्रमा दोस्रो धेरै कर्जा प्रवाह गर्ने बैंकमा लक्ष्मी सनराइज बैंक रहेको छ। असोजसम्म यो बैंकले २१ अर्ब ७२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १८ अर्ब ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २०.६४ अर्बले बढेको छ।

तेस्रो एनआईसी एसिया बैंक रहेको छ। अघिल्लो वर्ष बैंकले १६ अर्ब ९३ करोड ९८ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म २५.४४ प्रतिशतले बढेर २१ अर्ब २४ करोड ९० लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा अवधिसम्म सिटिजन्स बैंकले १७ अर्ब ७० करोड ३२ लाख रुपैयाँ र कुमारी बैंकले १५ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्ष सिटिजन्सले १२ अर्ब ८८ करोड रुपैयाँ र कुमारीले १७ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सिटिजन्स बैंकको कर्जा प्रवाह ३७.४५ प्रतिशतले बढ्दा कुमारीको १०.५० प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा एभरेष्ट बैंकको कर्जा लगानी ३७.३५ प्रतिशतले बढ्दा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नेपाल एसबीआई बैंककै कर्जा लगानी सर्वाधिक ४७.४३ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS