IME Life New

विभिन्न कम्पनीमा रहेको पौने १६ लाख कित्ता शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले विभिन्न कम्पनीमा आफ्नो नाममा रहेको पौने १६ लाख बढी कित्ता शेयर बिक्री गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि एनआरएन इन्फ्रास्ट्रक्चरले ९ वटा अन्य कम्पनीमा रहेको आफ्नो १५ लाख ७७ हजार १६ कित्ता शेयर बिक्री गर्ने भएको हो। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले ती शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

Esewa
Crest

कम्पनीले आफ्ना नाममा रहेको प्रभु महालक्ष्मी लाइफको ५ लाख ९४ हजार कित्ता, कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेसनल फन्ड म्यानेजमेन्टको २ लाख २५ हजार कित्ता र नेसनल माइक्रोफाइनान्सको १ लाख ७ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्री गर्नेछ।

यसैगरी कम्पनीको नाममा रहेको मेरो माइक्रोफाइनान्सको ७८ हजार २०९ कित्ता संस्थापक शेयर र २८ हजार २१५ कित्ता साधारण शेयर, नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता, एचआईडीसीएलको ४० हजार १ कित्ता संस्थापक शेयर र नेसनल लाइफ इन्स्योरेन्सको १ कित्ता साधारण शेयर पनि बिक्रीमा राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS