IME Life New

शेयर बजारमा झिनो अंकको गिरावट, १७० कम्पनीको मूल्य घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशलमव ९८ अंकले घटेर २,५६१ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको ८३ करोड ८८ लाख ३७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस उर्जाको १९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १५ करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरी र हिम स्टारका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS