IME Life New

सर्वोत्तम सिमेन्टले डाक्यो साधारणसभा, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् २०% लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम सिमेन्टले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९९ करोड ५१ लाख रुपैयाँबराबरको लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ। जसमा ५ प्रतिशतले हुने २४ करोड ८७ लाख ७५ हजार रुपैयाँबराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने ७४ करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने र त्यस क्रममा सम्बन्धित निकायबाट कुनै फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा र लाभांश प्रयोजनार्थ कम्पनीले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य बन्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS