IME Life New

लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंक र आईसीएफसी फाइनान्सले ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। दुवै वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउने तयारी गरेका हुन्।

लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँबराबरको ‘लक्ष्मी सनराइज डिबेन्चर–२०९२’ र आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँबराबरको ‘आईसीएफसी फाइनान्स डिबेन्चर–२०८९’ ल्याउन अनुमति मागेका छन्।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा लक्ष्मी सनराइज बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि आईसीएफसी फाइनान्सले १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS