IME Life New

नासा सेक्युरिटिजले आफ्नो ट्रेडिङ्ग सिस्टममा ल्यायो नयाँ फिचर ‘नासा एक्स प्रो चार्ट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नासा सेक्युरिटिजले अब आफ्ना ग्राहकहरुका लागि ट्रेडिङ्ग सिस्टममा एउटा अत्याधुनिक र अत्यन्त आकर्षक फिचर ल्याएको छ। यसलाई नासाले नासा एक्स प्रो चार्ट नाम दिएको छ।

यो एउटा यस्तो विश्वसनीय फिचर हो जुन अन्तर्राष्ट्रिय शेयर बजारमा एकदमै रुचाइएको छ। अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर खरिद (बिक्री गर्न, पोजिसन ट्रयाक गर्न, र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि परिचित यस फिचरलाई, नासाले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको लागि ट्रेडिङ्ग सिस्टम नासा एक्समा निःशुल्क उपलब्ध गराएको हो।

Esewa
Crest

नासा एक्स प्रो चार्टले विभिन्न टेक्निकल चार्ट र विश्लेषणका मध्यमहरुमा कुनै शुल्क तिरेर ससक्राइब गर्नु नपर्ने सुबिधा ल्याएका कारण, ग्राहकमा निक्कै सहजता र हर्षको माहोल बनेको कम्पनीले बताएको छ। यस चार्ट ट्रेडिङ्ग फिचरमार्फत, ग्राहकले अब सजिलैसंग चार्टमा आफुले चाहेको शेयरको गतिबिधि हेर्नका साथै, एकै पटक ८ ओटा सम्म स्क्रिप्टको चार्ट हेर्न र विश्लेषण गर्न सक्नेछन्।

प्रो चार्ट शेयर कारोबारका अन्य क्रियाकलाप, जस्तै, फन्ड लोड गर्ने र आफ्नो होल्डिङ रिपोर्ट हेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलै संग आफ्नो कोलेट्रल बारे जानकारी लिन र बैंक मार्फत कोलेट्रल लोड गर्नका साथै आफ्नो खातामा भएका शेयरका बारेमा जानकारी लिन सहज बनाइएको कम्पनीको भनाइ छ।

नासा एक्स प्रो चार्टको सबै सुबिधा बारे थप जानकारी प्राप्त गर्नका लागि नासाले भिडियो टिउटोरियल पनि उपलब्ध गराएको छ। नासामा अब उपरान्त आबद्ध भई नासा एक्स तथा नासा एक्स प्रो चार्टका सम्पूर्ण सुविधाको लाभ लिन नासा सेक्युरिटिजमा आबद्ध हुनका लागि पनि नासाले सबैमा आह्वान गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS