IME Life New

निफ्राको झेल, बोर्डले प्रस्ताव गरेको लाभांश साधारणसभाको अजेन्डाबाट गायब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले शेयरधनीहरुलाई झुक्काउने काम गरेको छ।

निफ्राले आज आफ्नो सातौँ वार्षिक साधारणसभाको सूचना प्रकाशत गरेको छ। तर, निफ्रा सञ्चालक समितिले भदौ १९ गते बसेको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशको अजेन्डा भने राखेको छैन।

Esewa
Crest

सञ्चालक समितिले आर्थिक वर्ष २०८१।८२ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१५७ प्रतिशत हुन आउने २ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। यो लाभांशसम्बन्धी प्रस्ताव निफ्राले आज जारी गरेको साधारणसभाको सूचनामा कतै पनि उल्लेख छैन।

nfira1

निफ्राले यही मंसिर २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ बजे डाकेको छ। सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सभा प्रयोजनका लागि निफ्राले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै निफ्राको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

12%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

82%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS