IME Life New

नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख २५ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि निवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले काठमाडौंको तीनधारास्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS