काठमाडौं । आज नेप्से परिसूचक ९ दशलमव ७८ अंकले बढेर २,५५० को विन्दुमा कायम भएको छ । आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ता, बुङगल हाइड्रोका लगानीकर्ता र झापा इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् ।


















