काठमाडौं । शेयर बजारमा सोमबार सुधार आएको छ। नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन विकास बैंक समूह सर्वाधिक १.५० प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.४९ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा १६७ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ७६ कम्पनीको शेयरभाउ घटेको छ भने १३ वटाको स्थिर रहेको छ।
बजारमा आज करिब ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सहास ऊर्जाको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सहास ऊर्जाः १८ करोड रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ५९ लाख रुपैयाँ
- शिवम सिमेन्टः १६ करोड ३० लाख रुपैयाँ
- राधी विद्युतः १५ करोड ४१ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १३ करोड १८ लाख रुपैयाँ
- बुटवल पावरः ११ करोड २५ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १० करोड ८ लाख रुपैयाँ
- लक्ष्मी सनराइज बैंकः ९ करोड ८० लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ८ करोड ९७ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ

















