IME Life New

चीनको कमाल, चंगा उडाएर बिजुली उत्पादन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिनियाँ अनुसन्धानकर्ताहरुले संसारकै सबैभन्दा ठूलो बिजुली उत्पादन गर्ने चंगा विकास गरेका छन्। यो चंगा बिजुली उत्पादन गर्न प्रयोग गरिनेछ।

चिनियाँ अनुसन्धानकर्ताले यस क्षेत्रमा ठूलो सफलता हासिल गरेका छन्। यसलाई उच्च उचाइमा रहेको वायु ऊर्जा प्रविधिमा ठूलो सफलता मानिन्छ। लगभग १० हजार घरले बिजुली प्राप्त गर्नेछन्।

Esewa
Crest

यो खबर एउटा चिनियाँ मिडिया समूह बाहिर ल्याएको हो। जसमा भनिएको छ, ‘यो सफल परीक्षण मंगोलियाको अल्क्सा लेफ्ट ब्यानर क्षेत्रमा भएको थियो। यस परीक्षणमा ५३ हजार ८०० वर्गफिटको चंगा प्रयोग गरिएको थियो। यो चंगा चीनको पहिलो राष्ट्रिय अनुसन्धान र विकास परियोजनाको हिस्सा हो।’

चाइना इनर्जी इन्जिनियरिङ कर्पोरेसनले यो प्रणाली विकास गरेको थियो। यस परीक्षणका क्रममा हिलियम बेलुन प्रयोग गरिएको थियो। जसले चंगालाई जमिनबाट लगभग १ हजार फिट माथि उठ्न मद्दत गर्यो। हावामा उडेपछि चंगा खुल्छ। त्यसपछि यसले जमिनमा आधारित जेनेरेटरमा जडान गरिएको केबल तानेर बिजुली उत्पादन गर्न थाल्छ।

एयरबोर्ड प्रणालीः यो प्रणालीले उडान प्लेटफर्ममा जडान गरिएका साना टर्बाइन प्रयोग गर्दछ।

जमिनमा आधारित प्रणालीः चीनले यस प्रणालीको आफ्नै मोडेल विकास गरेको छ। जहाँ चंगाले जमिनमा जडान गरिएको जेनेरेटरलाई शक्ति दिन्छ।

यो नयाँ प्रणाली बढी किफायती

पवन टर्बाइनबाट बिजुली उत्पादन गर्ने ठूला सेटअपहरुलाई अनशोर वायु फार्म पनि भनिन्छ। चंगा प्रणालीहरु बढी किफायती हुन्छन् र अनशोर वायु फार्महरुभन्दा बढी ऊर्जा उत्पादन गर्छन्।

  • ९५% सम्म कम जमिन प्रयोग
  • ९०% सम्म कम स्टील प्रयोग
  • ३०% सम्म कम बिजुली उत्पादन लागत

वास्तवमा १० मेगावाट क्षमता भएको चंगामा आधारित प्रणालीले १ वर्षमा लगभग २० मिलियन किलोवाट बिजुली उत्पादन गर्न सक्छ। यसले लगभग १० हजार घरहरुका लागि बिजुली उत्पादन गर्न सक्छ।

कहिलेबाट सुरु हुन्छ यो परियोजना ?

चाइना पावर इन्जिनियरिङ कन्सल्टिङ ग्रुपका वरिष्ठ प्राविधिक हुओ शाओलेईले उनीहरुले बहुचंगा उडान परीक्षणहरु गर्ने र अर्को वर्षको अन्त्यसम्ममा विद्युत उत्पादन परीक्षणहरु सुरु हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS